१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सडक बालबालिकालाई रग्बी प्रशिक्षण


0
Shares

काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषदको समन्वयमा मनाइने दुई दिने राष्ट्रिय बाल दिवसअन्तर्गत आज पहिलो दिन स्ट्रीट टु स्टेडियम अर्थात सडकदेखि सडकसम्म कार्यक्रमको उद्घाटन गरिएको छ ।

जसमा ४० जना सडक बालबालिकालाई रग्बी खेल प्रशिक्षण दिने भएको छ । प्रशिक्षित बालबालिकालाई रंगशालामा रग्बी खेलाइने भएको छ ।

बालबालिका खोज तलास केन्द्रको मुख्य भूमिका रहेको यो कार्यक्रममा बालबालिका प्रतिस्थापन केन्द्र सोबरमा रहेका सडक बालबालिकालाई समावेश गरिने भएको छ ।

कार्यक्रममा सहभागी हुन पाएकोमा सडक बालबालिका निकै खुशी भएका छन् । सडक बालबालिका मुक्त गर्ने अभियान अन्तर्गत २०७३ सालदेखि २०७८ सालसम्मको ५ वर्षको अवधिमा ११ सय ८८ जना बालबालिकाको उद्धार गरिसकेको छ ।