
काठमाडौं । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । विमानस्थलको भौतिक प्रगति ९८ प्रतिशत भइसकेको छ भने ७७ प्रतिशत वित्तिय प्रगति सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।
अब विमानस्थलमा साना केही प्राविधिक कामहरू मात्रै बाँकी रहेकोले आइसीपी जिरो २ ठेक्का सम्झौताअनुसार थाइल्याण्डको एरोथाइ कम्पनीले प्राविधिक पठाए १० दिनमै विमानस्थलको सबै काम सम्पन्न हुने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीले बताउनुभयो ।
प्रमुख इन्जिनियर अधिकारीका अनुसार अब टर्मिनल बिल्डिङ भित्रको फन्सिलिङसँग रिलेटेड कामहरू र फर्निचर फर्निसिङ्सका कामहरू मुख्य बाँकी छन् ।
प्रमुख इन्जिनियर अधिकारीले विदेशबाट दक्ष जनशक्ति र जहाजसहितको उपकरण ल्याउन नसक्दा क्यालिब्रेशन फ्लाइट अनिश्चित बनेको बताउनुभयो । विमानस्थलमा क्यालिब्रेशन फ्लाइट भएको करिव तीन महिनापछि अन्तर्राष्ट्रिय उडान सुरु गर्ने जनाइएको छ । राडर र फ्लाइट प्रणाली (धावन र आकाश) को तथ्यांक चेकजाँच गर्न क्यालिब्रेशन फ्लाइट गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्