
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार बजार मूल्य प्रतितोला ९१ हजार २ सय रुपैयाँ निर्धारण भएको छ । गत आइतबार ४ सय रुपैयाँ घट्दा प्रतितोला ९० हजार ३ सय रुपैयाँ भएको थियो । सोमबार तोलामा ३ सय रुपैयाँले बढेको सुन मूल्य मंगलबार प्रतितोला ९० हजार ६ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य बुधबार प्रतितोला एक हजार २ सय रुपैयाँमा स्थिर छ । अन्तर्राष्ट्रिय बजारमा हिजो प्रतिऔंस १७९० दशमलव ६३ डलर रहेको सुन बुधबार बढेर प्रतिऔंस १ हजार ८ सय ३ दशमलव २२ डलरमा कारोबार भइरहेको छ ।
चाँदी पनि मंगलबारका तुलनामा बुधबार बढेको छ । मंगलबार प्रतिऔंस २३ दशमलव ६६ डलर थियो । बुधबार २३ दशमलव ७२ डलर छ ।
प्रतिक्रिया दिनुहोस्