
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ ।
एमालेको अवरोधका कारण बुधबारको बैठक मुख्य कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको हो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक सुरु गरेलगत्तै एमालेका सांसदहरूले उठेर विरोध गरेका गरेका थिए ।
विपक्षी दलको विरोध जारी रहेपछि अध्यक्ष तिमिल्सिना पहिलो र दोस्रो नम्बरमा रहेको कार्यसूची हटाएर तेस्रो नम्बरमा रहेको शोक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
संविधानसभा सदस्य मानबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक असोज ५ गते बस्ने गरी स्थगित गरिएको छ ।
विपक्षी दल एमालेले भदौ २३ देखि सुरु भएको चालु अधिवेशनका राष्ट्रियसभाका बैठकहरू अवरुद्ध गर्दै आएको छ । प्रतिनिधिसभामा जस्तै राष्ट्रियसभामा पनि विपक्षी दल एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न गर्दै अवरोध गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्