
ताप्लेजुङ । जिल्लास्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरदर्शनार्थीका लागि असोज १ गतेदेखि खुला गरिने भएको छ ।
कोभिड–१९ संक्रमणका कारण विगत ५ महिनादेखि बन्द पाथीभरा मन्दिर आगामी असोज १ गतेदेखि खुला गर्न लागिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
समितिका अनुसार महामारीको प्रभाव न्यून हुँदै गएको र दर्शनार्थी आउने समय सिजनउसमेत सुरु भएकाले मन्दिर खुला गर्न लागिएको हो ।
समितिले बुधबार विज्ञप्ति जारी गर्दै दर्शन गर्न आउने भक्तहरूले स्वास्थ्य मापदण्ड पालना अनिवार्य पालना गर्नुपर्ने जनाएको छ । मन्दिर खुलेसँगै दर्शनार्थीले दर्शन, पूजा, ध्यान तथा प्रार्थना गर्न पाउने भएका छन् ।
मन्दिर खुल्ने भएसँगै पाथीभरा क्षेत्रका स्थानीय पर्यटन व्यवसायी पनि खुसी भएका छन् । महिनौंदेखि ठप्प भएको आफ्नो व्यापारले जीवन पाउने उनीहरूको विश्वास छ ।
ताप्लेजुङमा पछिल्लो समय संक्रमणको दर न्यून हुँदै गएको छ । संक्रमण कम भएसँगै ४ महिनादेखि लगाइएको निषेधाज्ञा समेत हटाइएको छ ।
प्रतिक्रिया दिनुहोस्