१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकारले बजार व्यवस्थित गर्न दिए पुष्प व्यवसाय छिट्टै लयमा फर्किने व्यवसायीको विश्वास


0
Shares

काठमाडौं । सरकारले बजारलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न दिए पुष्प व्यवसाय सबैभन्दा छिटो लयमा फर्किने व्यवसायीहरूले बताएका छन् ।

बुधबार ललितपुरमा आयोजित फ्लोरिकल्चर एसोसिएशन नेपाल (एफएएन) को २९औं वार्षिक साधारण सभामा पुष्प व्यसायीहरूले सरकारले व्यवस्थित तरिकाले व्यवसाय सञ्चालन गर्न दिनुपर्नेमा जोड दिएका हुन् ।

व्यवसायीहरूले कोरोनाभाइरसको कारण सबैभन्दा धेरै क्षति पुष्प क्षेत्रमा भएको र सरकारले पनि पुष्प व्यवसायीहरूका लागि कुनै नीति नियम नबनाएको बताएका छन् । पुष्प व्यवसायमा पनि सबैभन्दा धेरै क्षति कट पm्लावरको क्षेत्रमा भएको उनीहरूको भनाइ छ ।

सरकारले निषेधाज्ञा हटाएकोले विस्तारै पुष्प व्यवसायले गति लिइरहेको व्यवसायीहरूको धारणा छ । कोरोनाको दुई वर्षभित्र २५ प्रतिशत भन्दा धेरै श्रमिकले रोजगारी गुमाएको भन्दै व्यवसायीहरूले सरकारले पुष्प व्यवसायलाई कृषिको सूचिमा समावेश गर्न माग गरेका छन् ।

२०७५/०७६ मा साढे २ अर्बको टर्न ओभर गरिरहेको पुष्प व्यवसायले ०७७/०७८ मा आउँदा १ अर्ब ६३ करोडमा खुम्चिएको छ ।

व्यवसायीहरूले सरकारसँग राहत प्याकेजको कार्यक्रमको अपेक्षा राखे पनि सरकारले राहत प्याकेजका कार्यक्रम ल्याउन नसकेको बताएका छन् । सरकारले पुष्प व्यवसायीका लागि बीमा गरिदिने र नीति दरिलो बनाउनुपर्नेमा जोड दिएका छन् ।