१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा मेघ गर्जन र चट्याङ्गसहित पानी पर्ने


0
Shares

काठमाडौं । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी तथा सुदुर पश्चिम प्रदेशका एक दुई स्थानमा भने ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा पनि सामान्य बदली रही मेघगर्जन हुने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम २० डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २६ देखि २८ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।

आज बिहान सूर्योदय ५ बजेर ५० मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ८ मिनेटमा हुनेछ ।