२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


पोखरामा रात्रिकालीन व्यवसाय खुल्ने


0
Shares

पोखरा । बैशाख तेस्रो सातादेखि पोखरामा जारी रहेको निषेधाज्ञा भोलिदेखि पूर्ण रुपमा हट्ने भएको छ । जिल्ला कोभिड– १९ व्यवस्थापन समितिले पोखराका स्कुल, होटल, रेष्टुरेण्ट, क्लब, दोहोरी साँझ, डान्सबार लगायत बन्द रहेका क्षेत्रहरु खुलाउने निर्णय समेत गरेको छ ।

जेठ अन्तिम सातादेखि लकडाउन खुकुलो गरिए पनि स्कुल र रात्रिकालीन व्यवसाय खुलेका थिएनन् । पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण र मृत्युदर घटेकाले यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ ।

निषेधाज्ञा हटाए पनि सरकारले जारी गरेको स्वास्थ्य तथा सुरक्षा मापदण्ड भने पूर्ण रुपमा पालना गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । अब पोखराका होटल तथा रेष्टुरेण्ट राति साढे ११ बजेसम्म खोल्न पाइने छ । यस्तै, डान्सबार, क्लब, दोहोरी साँझ जस्ता रात्रिकालीन व्यवसाय राति साढे १ बजेसम्म संचालन गर्न पाइने छ ।