
दैलेख । दैलेखमा शिक्षकको हत्या गरेको अभियोगमा प्रहरीले एक महिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुराँस गाउँपालिका–८ छोटेपोखराकी २५ बर्षीय मुना राना रहेकी छिन् ।
धारीलो हतियार प्रयोग गरेर मालिका माध्यमिक विद्यालयमा पढाउने शिक्षक नगेन्द्रकुमार बिसीको हत्या गरेको उनले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
व्यक्तिगत रिसइबीका कारणले आफुले हत्या गरेको उनले बताएको प्रहरीले जनाएको छ । हिजो मंगलबार बिहान ७ बजे शिक्षक विसीको शव विद्यालयको प्रांगणमा फेला परेको थियो । बिसी मालिका माध्यमिक विद्यालयमा विगत १३ बर्षदेखि राहत शिक्षकका रुपमा कार्यरत थिए ।
प्रतिक्रिया दिनुहोस्