२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


युरोपेली संघले गरीब देशहरुलाई थप २० करोड डोज कोरोना खोप सहयोग गर्ने


0
Shares

एजेन्सी । युरोपेली संघले गरीब देशहरुलाई २० करोड डोज कोरोना भाइरस विरुद्धको खोप सहयोग गर्ने भएका छन् ।

युरोपेली संसदको बैठकमा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भान डेर लेयनले गरीव राष्ट्रहरुलाई २० करोड खोप प्रदान गर्ने घोषणा गर्नुभएको हो ।

उहाँले गरिव राष्ट्रहरुलाई थप २० करोड खोप डोज उपलब्ध गराउने निर्णय गरेको जानकारी दिदै सन् २०२२ को मध्यसम्ममा खोप उपलब्ध गराईसक्ने बताउनुभयो ।

अध्यक्ष भानले गरिब देशहरुलाई गरिने सहयोग विश्व स्वास्थ्यकै लागि योगदान र लगानीको रुपमा लिनुपर्ने पनि बताउनु भयो ।

युरोपेली संघले यो योजनामा सहयोग गर्न धनी र शक्तिशाली राष्ट्रहरुलाई अपील समेत गरेको छ ।