
सांकेतिक तस्वीर
बझाङ । जिल्लामा एक युवकामाथि आफ्नै हजुरआमाको हत्याको आरोप लागेको छ ।
दुर्गाथली गाउँपालिका–५ का २१ वर्षीय सुवास जप्रेमाथि ८० वर्षीया हजुरआमा रिखीदेवीको हत्याकाे आराेप लागेकाे हाे ।
युवकले भलानेमा बस्दै आएकी वृद्धालाई मारेर आँगननजिकै गाडेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
२७ गते घरमा नदेखेपछि वडा अध्यक्षसमेत रहेका रामबहादुर जप्रेलले आमाको खोजी गरेका थिए । घरभित्र रगतको छिटा र आँगननजिकै खनेको ठाँउसमेत देखेपछि उनले प्रहरीलाई खबर गरे ।
फरार सुवासलाई भाग्दै गर्दा दुर्गाथली गाँउपालिका–७ को लोवादेब डाँडाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । वृद्धाले नाक र कानमा लगाएको सुनको मुन्द्रा नभएका कारण गरगहनाको लागि हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्