१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रामेछाप दुर्घटना अपडेट : दम्पतीसहित तीन जनाको मृत्यु

पोर्चुगलबाट नेपाल फर्के पनि जिउँदै घर पुग्न पाएनन्

0
Shares

रामेछाप । जिल्लामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा ३–०१–०२३ च ३५९३ नम्बरको जीप सदरमुकाम मन्थलीनजिकै दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

बिहिबार बिहान साढे ९ बजे भएको दुर्घटनाम ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–६ खिजिफलाटेका ३५ वर्षीय लाक्पा शेर्पा, उनकी श्रीमती ३२ वर्षीया फुर्वा शेर्पा र ३६ वर्षीय वाङ्छु शेर्पा रहेका छन् । जीपमा सवार मृतक दम्पतीका १२ वर्षीय छोरा पेम्बा शेर्पा घाइते भएपछि थप उपचारका लागि काठमाडौं लगिएको छ ।

मन्थली नगरपालिका–६ को कुनौरीस्थित बोक्सेको पहरामा आइपुग्दा बलेरो भीरबाट करिब ६ सय मिटर तल खसेको रामेछाप प्रहरीले जनाएको छ । शेर्पा वैदेशिक रोजगारीका क्रममा पोर्चुगलबाट घर फर्कँदै गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिनुभयो ।