
काठमाडौं । नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा बैतडीकी एक महिलालाई कारागार चलान गरिएको छ । अवैध सम्बन्धबाट जन्मिएको शिशुको हत्या गर्ने डिलाशैनी गाउँपालिका- ७ की ३५ वर्षीया माधवी कार्कीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
माधवीलाई जिल्ला अदालत बैतडीका न्यायाधीश तीलकबहादखुर कार्कीको एकल इजलासले पुर्वक्षका लागि कारागार चलान गर्न आदेश दिएसँगै कारागार चलान गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शक खड्काले जानकारी दिनुभयो । माधवीले यही भदौ ट गते अवैध सम्बन्धबाट गर्भ रहेर जन्मिएको शिशुलाई जन्मिने बितिक्कै केराको साप्राले घाँटी निमोठेर हतया गरेकी थिइन् ।
त्यसपछि घरपरिवारले प्रहरीलाई खबर गरेपछि उहाँलाई पक्राउ गरिएको थियो । महिला स्वास्थ्य स्वायंसेविका समेत रहेकी माधवीलाई कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थपेर प्रहरीको अनुसन्धानपछि अदालतमा पेस गरिएको थियो ।
१० वर्षपछि वैदेशिक रोजगारी गएका माधवीका श्रीमान उतै बेपत्ता रहेका प्रहरीले जनाएको छ । घरपरिवारबाट अलग बस्ने गरेकी माधवीको गाउँकै १७ वर्षीय किशोरले माधवीसँग विवाह गर्ने सहमति गरेका भए पनि ती किशोर हाल फारार रहेका छन् । माधवीका घरमा १३ वर्षीय छोरा पनि छन् ।
प्रतिक्रिया दिनुहोस्