१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पाथीभरा मन्दिर खुल्यो


0
Shares

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर भक्तजनका लागि आजदेखि खुला भएको छ । कोरोना संक्रमणका कारण विगत ५ महिनादेखि पाथीभरामा पुजाआजा गर्न निषेध गरिएको थियो ।

कोरोनाको प्रभाव न्युन हुँदै गएको र पाथीभरा दर्शनको सिजनसमेत सुरु भएकाले आजदेखि खुला गर्ने निर्णय भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

समितिले गत बुधबार प्रेस विज्ञप्ती जारी गर्दै आम भक्तजनहरुका लागि स्वास्थ्य मापदण्ड पालना गर्दै दर्शन, पुजाआजा, ध्यान तथा प्रार्थना गर्न खुला गरिएको जनाएको थियो ।

कोरोना संक्रमणको जोखिम कम भए पनि पुर्णरुपमा नहटेकाले हाल पाथीभरा आउने तीर्थयात्रीलाई सरकारले लागु गरेका स्वास्थ्य मापदण्ड पुर्णरुपले पालना गर्न अनुरोध समेत गरिएको छ । ताप्लेजुङमा पछिल्लो समय संक्रमणको दर न्युन हुँदै गएपछि ४ महिनादेखि जारी निषेधाज्ञा समेत हटाइएको छ ।