
सर्लाही । सर्लाहीका उखु कृषकले अझै अनुदान पाउन सकेका छैनन् । मिल संचालकहरुले समयमा भुक्तानी नदिँदा कृषक मारमा परेका छन् ।
गत वर्ष उखु बेचेका कृषकले हालसम्म पनि भुक्तानी नपाउँदा घर व्यवहार सञ्चालन गर्न गाह्रो भएको नेपाल उखु उत्पादक संघका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीले बताउनुभयो । सरकारले दिने भनेको अनुदानको रकम समयमा उपलब्ध नहुँदा कृषकलाई मलखाद किनेर हाल्न समेत गाह्रो परेको मैनालीको भनाइ छ ।
सरकारले उद्योगी र कृषकसँग सहमति गर्दा १५ दिनभित्र उखु कृषकले बेचेको उखुको भुक्तानी दिने सहमति भएपनि कृषकले भुक्तानी नपाउनु दुखद भएको उखु कृषक बताउँछन् । उता कोष तथा लेखा नियन्त्रण कार्यालय सर्लाहीले भने चिनी उद्योगीले समयमा तथ्याङ्क उपलब्ध नगराएकाले कृषकको खातामा पैसा पठाउन नसकेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्