१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


त्रिविको प्रयास निरर्थक : भौतिक उपस्थितिमा हुन सकेन पठनपाठन


0
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शुक्रबारदेखि भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने भने पनि पढाइ भने हुन सकेन ।

त्रिविले भौतिक रूपमा कक्षा सञ्चालन गर्न नसके पनि वैकल्पिक माध्यमबाट भने पढाइ भइरहेको छ । विश्वविद्यालयले स्थानीय तहसँग समन्वय गरी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न निर्देशित गरेको छ ।

महामारीले लामो समयदेखि बन्द रहेका क्याम्पस तथा कलेजहरू सञ्चालन गर्न त्रिविले सूचना जारी गरेको थियो । कतिपय क्याम्पसहरूले अनलाइनमार्फत कक्षा सञ्चालन गरे पनि कक्षा प्रभावकारी नभएको गुनासो गर्दै आएका छन् ।

त्रिवि कार्यकारी परिषद्को गत २७ गते बसेको बैठकले पठनपाठन भौतिक रूपमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।