१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


करिश्मालाई ओलीको फोन– ‘परीक्षा कस्तो भइरहेको छ ?’

करिश्माले भनिन्, ‘धन्यवाद केपी बुवा’

0
Shares

काठमाडौं । कक्षा १२ को परीक्षामा व्यस्त रहेकी अभिनेत्री करिश्मा मानन्धरलाई पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फोन गर्नुभएकाे छ ।

परीक्षाको चटारोले प्राय फोन नउठाउने करिश्मालाई शुक्रबार बेलुकी नयाँ नम्बरबाट फोन आयो । ट्रु कलरमा देखायो, ‘केपी शर्मा ओली इज कलिङ…’

ओलीले करिश्मालाई फोन गरेर परीक्षाबारे सोध्नुभएको थियो । करिश्माले ओलीसँगको संवादबारे सामाजिक सञ्जलामार्फत जानकारी गराउनुभएकाे छ । साथै उहाँले आफूलाई विश्वास नलागेको उल्लेख गर्नुभएकाे छ ।

‘सुरुमा मजाक हो कि भन्ने लाग्यो तर उहाँ हाम्रो देशको पूर्वप्रधानमन्त्री हुनुहुन्थ्यो’ करिश्मा लेख्नुहुन्छ, ‘उहाँको आवाज सुन्दा घरको मुलीले छोराछोरीलाई गरेजस्तो सुनिन्थ्यो ।’

उहाँले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ, ‘सुरुमा विश्वास लागेन, अनि उहाँले सुनाएको डुङ्गाको कथा सुनेर लाग्यो यो हाम्रो केपीजी हो ।’

उहाँले ओलीलाई बुवाको सम्बोधन गर्दै लेख्नुभएकाे छ, ‘आधुनिताको यो दौडमा सद्भाव र मायाको दूरी मेटाउन यत्रो ठूलो भएर पनि सामान्य कलाकारलाई कल गरिदिनुभएकोमा धन्यबाद केपी बुवा ।’

यस्ताे छ करिश्माकाे फेसबुक स्टाटस

फोन आउँदा मेरो मोबाइल स्क्रिनमा केपी शर्मा ओली आयो, म छक्क परे । मजाक हो कि भन्ने पनि लाग्यो । तर, उहाँ हाम्रो देशको पूर्वप्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँको आवाज सुन्दा घरको मुलीले छोराछोरीलाई गरे जस्तो सुनिन्थ्यो ।
‘करिश्मा परीक्षा कस्तो भैरहेको छ ?’
‘हजुर ठिक छ सर, तपाई केपी ओली ?’
‘अँ हो, विश्वास लागेन ?’
‘लागेन सर ।’
अनि उहाँले सुनाएको डुङ्गाको कथा सुनेर लाग्यो यो हाम्रो केपीजी हो । आधुनिकताको यो दौडमा सद्भाव र मायाको दूरी मेटाउन यत्रो ठूलो मान्छे भएर पनि सामान्य कलाकारलाई कल गरिदिनु भएकोमा धन्यवाद केपी बुवा ।