
काठमाडों । सरकारले दुई महिनाको अवधिमा डेढ खर्ब बढी राजस्व संकलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा १ खर्ब ६८ अर्ब ५७ करोड ७६ लाख रुपैयाँ संकलन भएको विवरण सार्वजनिक गरेको छ ।
सरकारले बजेटको संशोधनमार्फत चालु आर्थिक वर्षमा १० खर्ब ५० अर्ब राजस्व संकलन हुने लक्ष्य राखेको छ । सरकारले दुई महिनामा कर राजस्वअन्तर्गत एक् खर्ब ४८ अर्ब तथा गैर कर राजस्व अन्तर्गत २० अर्ब रुपैयाँ राजस्व संकलन गरेको हो ।
भदौ महिनामा मात्र ७५ अर्ब रुपैयाँ राजस्व संकलन भएको सरकारी तथ्यांक छ । साउन महिनामा ९३ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो भने २ महिनामा उच्च आयातको कारण सरकारले लिएको लक्ष्य अनुसार राजस्व संकलन पूरा भएको हो । दुई महिनामा सरकारले चालु खर्च तर्फ ५८ अर्ब खर्च गरेको छ ।
यस्तै २ अर्ब ६ करोड विकास खर्चमा तथा वित्तीय व्यवस्थामा २८ अर्ब खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । सरकारले बजेट समयमा पास गर्न नसकेपछि बुधबारदेखि कुनैपनि सरकारी खर्च गर्न पाएको छैन । राजस्व संकलन गर्न भने सरकारले पाउने छ ।
प्रतिक्रिया दिनुहोस्