१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विश्वासको मत लिनुपर्ने बाध्यता छ, नपाए सरकार छाड्छु– मुख्यमन्त्री शाक्य


0
Shares

सिन्धुली । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नपाए सरकार छाड्ने बताउनुभएको छ ।

शनिबार नेकपा (एमाले) सिन्धुलीले गरेको कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले संविधानअनुसार आफूले विश्वासको मत लिनुपर्ने उल्लेख गर्दै आवश्यक मत नपाए सरकार छाड्ने बताउनुभयो ।

‘प्रदेश सरकारले विश्वासको मत लिनुपर्ने बाध्यता छ,’ उहाँले भन्नुभयो, ‘मत नपाए त सरकार छाड्नैपर्छ ।’

मुख्यमन्त्री शाक्यले नेकपा (एमाले) नै मूल प्रवाह भएकाले अन्य खेमामा रहेकाहरू पनि एमालेमै संगठित हुनुपर्नेमा जोड दिनुभयो ।

बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा पनि मुख्यमन्त्री शाक्यले माधवकुमार नेपाल पक्षलाई एमाले आउन आग्रह गर्नुभएको थियो । तर, पार्टी अध्यक्ष केपी शर्मा ओलीले भने नेपाल एमालेमा किन आउनुपर्यो भन्दै प्रश्न गर्नुभएको थियो ।