
काठमाडौं । काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले पुरातत्व विभाग र गुठीहरूसँग समन्वय हुन नसक्दा सम्पदाहरूको पुनर्निर्माणमा समस्या भएको बताउनुभएको छ ।
इनाखास्थित गणेश मन्दिर उद्घाटन गर्दै मेयर शाक्यले गुठीको नाममा धेरै सार्वजनिक जग्गा रहेकाले महागरपालिकालाई भाडामा दिन आग्रह गर्नुभयो ।
महानगरको पहिलो उद्देश्य संस्कृति र सम्पदाको संरक्षण गर्नु रहेको भन्दै उहाँले प्राथमिकताका साथ भूकम्पले क्षति पुर्याएका संरचनाको पुनर्निमाण गरिहेको बताउनुभयो ।
काठमाडौं घुम्न आउने पर्यटकलाई यहाँका पुरातात्विक र ऐतिहासिक विषयहरूको बारेमा जानकारी दिनका लागि पनि यहाँका ऐतिहासिक सम्पदा जोगाउनुपर्नेमा उहाँको जोड छ । काठमाडौंभित्रका सम्पदालाई पर्यटनसँग जोड्ने महानगरको उद्देश्य रहेकाले उहाँको भनाइ छ ।
काठमाडौं महानगरपालिकाभित्र रहेका ३२ वटै वडाका पुरातात्विक तथा ऐतिहासिक सम्पदालाई पहिलो प्राथमिकतामा राखेर काम गरिहेको बताउनुभयो । महानगरपालिकाले अहिलेसम्म २१ वटा गढोश मन्दिर पुनर्निर्माण गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्