६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


संविधान दिवसको कार्यक्रममा जसपा सहभागी नहुने, त्रुटीपूर्ण प्रावधानको विरोध गर्न आह्वान


0
Shares

काठमाडौं । सत्ता गठबन्धन घटक जनता समाजवादी पार्टीले यसवर्ष पनि संविधान दिवसको कार्यक्रममा सहभागी नहुने भएको छ ।

अध्यक्ष उपेन्द्र यादवले शनिबार विज्ञप्ति जारी गरी संविधानमा अधुरा र विभेदकारी प्रावधान राखिएको भन्दै आइतबार मनाइने संविधान दिवसको कार्यक्रममा भाग नलिने उल्लेख गर्नुभयो ।

संविधानमा संघीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचानको मान्यता, स्वशासन र स्वायत्तता, समानुपातिक समावेशीकरण लगायतका प्रावधान अधुरो र अपूर्ण रहेको जसपाको ठहर छ ।

यस्तै संविधानका धेरै धाराहरूमा विभेदकारी प्रावधान राखिएको हुँदा सरकारले घोषणा गरेको संविधान दिवसमा भाग नलिने जसपाले जनाएको छ ।

अध्यक्ष यादवले विज्ञप्तिमा संविधानका विभेदकारी एवं त्रुटीपूर्ण प्रावधानको विरोध गर्न पनि आह्वान गर्नुभएको छ । नेपालको संविधानले उत्पीडित समुदायले उठाउँदै आएको राष्ट्रिय मुद्दालाई सम्बोधन नगरेको जसपाको आरोप छ ।