
काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)ले सात प्रदेशका लागि १० जना प्रशिक्षक नियुक्त गरेको छ ।
क्यानले शनिबार प्रदेश–१ मा पुष्प थापा, प्रदेश–२ मा प्रकाश शर्मा र सुनिल शाह, बागमतीमा संजय महर्जन र गण्डकीमा रिजन प्रजुलाई प्रशिक्षक नियुक्त गरेको हो ।
यस्तै, लुम्बिनीमा बसन्त शाही र जमिल अन्सारी, कर्णालीमा विरेन्द्र शाही र सुदूरपश्चिममा खेमराज भट्ट र जानकी भट्टलाई प्रशिक्षकमा नियुक्त गरिएको क्यानले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्