११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


थप एक हजार ६६ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु


0
Shares

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर एक हजार ६६ जना कोरोनाका संक्रमित थपिएका छन् ।

११ हजार तीन सय ८५ जनाको परीक्षणमा एक हजार ६६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबार थप १६ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २८ पुगेको छ ।

१२ सय ३४ जनाले कोरोनालाई जित्दा देशभर २५ सय ८२ जना सक्रिय संक्रमित रहेका छन् ।

देशभर ५५ लाख ६१ हजार ८ सय ८५ जनाले कोरोना विरुद्धको पूर्ण खोप लगाउँदा ६१ लाख ९८ हजार ९ सय ३६ जनाले पहिलो डोज खोप लगाएको मन्त्रालयले जनाएको छ ।