२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

सभामुखको तर्क– ‘प्रतिनिधिसभाले आफैँलाई विघटन गर्नु लोकतान्त्रिक’


0
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाले आफैंलाई विघटन गर्नु लोकतान्त्रिक हुने बताउनुभएको छ ।

संसद भवन परिसरमा विधायन व्यवस्थापन समितिले गरेको ‘विधायिकी खुलापन–लोकतन्त्र मेला’ कार्यक्रममा सभामुख सापकोटाले विघटनबारे नयाँ तर्क पेश गर्नुभएको हो ।

संसद विघटन प्रस्ताव प्रतिनिधिसभामै सरकारले पेश गर्नु उचित र लोकतान्त्रिक हुने उहाँको भनाइ थियो । प्रस्तावलाई सभाले उचित ठाने विघटनतर्फ जान सकिने उहाँको तर्क थियो ।

छलफलका क्रममा सभामुख सापकोटाले आफ्नो कामबाट आफैं सन्तुष्ट हुन नसकेको पनि बताउनुभयो । संघीय संसदले कार्यसम्पादनमा व्यापक सुधार गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । दुई वर्षको अवधिमा दलहरूभित्रको लोकतन्त्र कमजोर हुँदै गएको उहाँको टिप्पणी थियो ।

कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले पनि आफूहरूको कामले आफैंलाई सन्तुष्टि दिन नसकेको उल्लेख गर्नुभयो ।