१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आफ्नो राजनीतिक सिद्धिने डरले ओलीजीले संसद चल्न दिनुभएन– सांसद बिडारी


0
Shares

ramnarayan bidari

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता तथा राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले आफ्नो राजनीति सकिने डरले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले संसद चल्न नदिएको बताउनुभएको छ ।


काठमाडौंमा भएको साक्षात्कार कार्यक्रममा बिडारीले ओलीलार्ई संसद चल्न नदिन ओलीले विभिन्न चलखेल गरिरहेको आरोप लगाउनुभयो । ‘संसद चल्यो भने ओलीजीको राजनीति सिद्धियो, त्यसैले चल्न नदिन विभिन्न चलखेल भइरहेको छ, के गर्दा चल्दैन, के गर्दा गडबढ भइरहन्छ, उहाँले त्यही गर्नुहुन्छ,’ नेता बिडारीले भन्नुभयो ।

उहाँले अबको केही दिनमै होलिडे खुलेर बजेट पारित हुने बताउनुभयो । उहाँले थप्नुभयो, ‘अध्यादेश ल्यायो होलिडे भयो, होलिडे भएर के भएको छ, क्यामेरा बन्द भएको छ ? बजेट होलिडे भएर कसैको केही काम रोकिएका छन् ? अब केही दिनमा होलिड खुल्छ,बजेट पारित हुन्छ ।’

केपी ओलीलाई सरकारबाट हटाएर राम्रो भएको उल्लेख गर्दै बिडारीले प्रधानमन्त्री शेरबहादुर देउवा सरकार असफल नभएको जिकिर गर्नुभयो । प्रधानमन्त्री देउवाले ६६ दिनमा कोभिड–१९ को उपचारमा तीव्रता दिनुभएको समेत बताउनुभयो ।