
इलाम । नेकपा (एकिकृत समाजवादी)का नेता एवं बागमती प्रदेशका संसदीय दलका नेता राजेन्द्र पाण्डेले केपी ओलीले कम्युनिष्ट एकता नचाहेको बताउनुभएको छ ।
इलामको सूर्योदय नगरपालिकामा नेकपा एकिकृत समाजवादीको पार्टी कार्यालय उद्धघाटन कार्यक्रममा बोल्दै आफ्नो स्वार्थपुर्तिका लागि मात्र ओलीले माओवादीसँग एकताको नाटक गरेको आरोप लगाउनुभयो ।
पाण्डेले दुई तिहाइको कम्युनिष्ट पार्टीको एकता नचाहेका ओलीले एमालेको समेत एकता नचाहेको आरोप लगाउनुभयो । ओलीले मनोमानी र व्यक्तिगत ढंगले पार्टी चलाउन थालेपछि नेकपा फुटमा पुगेको उहाँले बताउनुभयो ।
राजा महेन्द्रले २०१७ मा चालेको कदम जस्तै ओलीले संसद विघटन गरेर संविधान समाप्त गर्ने कार्य गरेको भन्दै माधव नेपालले पार्टी विभाजन नभइ विद्रोह गरेको नेता पाण्डेले जिकिर गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्