
सन्तोष राउत
सोलुखुम्बु । जिल्लाको दुर्गममा महाकुलुङ गाउँपालिकाले ग्रामीण विद्युतिकरणका लागि सामुदायिक ग्रामीण विद्युतीकरण विभागसँग सम्झौता गरेको छ ।
सामुदायिक ग्रामीण विद्युतीकरण विभाग, गाउँपालिका र जिआईजेटको १५ करोड रुपैयाँको लगानीमा विद्युतीकरणका लागि गाउँपालिका अध्यक्ष सागर किराँती र निर्देशक अनिरूद्रप्रसाद यादवले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
गाउँपालिकाका पाँचै वटै वडामा विद्युतीकरणका लागि सम्झौता गरिएको हो । महाकुलुङसम्मका लागि १६ थान ट्रान्सफर्मर प्रयोग हुने छन् । जसमा एक सय केभीएका सात थान, ५० केभीएका एक थान र २५ केभीएका सात थान ट्रान्सफर्मर प्रयोग गरिने सम्झौता–पत्रमा उल्लेख छ ।
विद्युतीकरणका लागि चाँडै टेन्डर आव्हान हुने महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराँतीले जानकारी दिनुभयो । उज्यालो गाउँपालिका बनाउने उद्देश्यलाई पूर्णता दिलाउनका लागि सम्झौताले मद्दत पु¥याएको उहाँको भनाइ छ । अहिले त्यसक्षेत्रमा लघुजलविद्युत आयोजनाबाट विद्युत आपूर्ति भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्