२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


संविधान दिवसको अवसरमा भारतीय प्रधानमन्त्री मोदीले दिए शुभकामना


0
Shares

काठमाडौं । नेपालको संविधान दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री मोदीले नेपाली जनता र प्रधानमन्त्री देउवालाई बधाई ज्ञापन गर्नुभएको हो ।

संस्कृतिको सुदृढ सूत्र, पारस्परिक सम्पर्क र जनस्तरको सम्बन्धले भारत र नेपाललाई जोडेको भन्दै मोदीले दुवै देशबीचको अनुपम एवम् विशेष साझेदारीयुक्त समान सम्बन्ध विश्वका केही देशबीच मात्र रहेको उल्लेख गर्नुभएको छ ।

अकल्पनीय कोभिडको महामारीबाट मुक्त हुनेतर्फ विश्व अग्रसर भइरहेको अहिलेको अवस्थामा महामारीका कारण सिर्जित चुनौतीको सामना गर्न नेपाललाई भारतबाट निरन्तर एवम् अविचलित सहयोग हुने प्रतिबद्धता पनि प्रधानमन्त्री मोदीले सन्देशमा उल्लेख गर्नुभएको छ ।