१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


संविधानमा आएका कठिनाई तथा चुनौतीलाई सामना गर्न साझा प्रयत्नहरु आवश्यकः डा. शेखर


26
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान दिवसले नेपालीलाई राष्ट्रनिर्माणको प्रक्रियामा भावनात्मक एकतामा बाँधेको बताउनुभएको छ ।

आज संविधान जारी भएको ५ वर्ष पूरा भएर ६ वर्ष लागेको उपलध्यमा शुभकामना सन्देश दिँदै कोइरालाले संविधानमा आएका र आउँन सक्ने कठिनाई तथा चुनौतीलाई सामना गर्न साझा प्रयत्नहरु आवश्यक रहेको बताउनुभयो ।

संविधानले जनताको बृहतर हितलाई केन्द्रमा राखेर समयनुकूल परिष्कृत र विकसित गर्न सकिने आधार स्वयं संविधानले नै प्रदान गरेको कोइरालाले उल्लेख गर्नुभएको छ ।

‘विद्यमान संविधान मार्फत मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र, सुनिश्चित र संस्थागत भएको छ’, कोइरालाले भन्नुभयो ‘यस अतिरिक्त संविधानले जनताका नैसर्गिक अधिकारहरुलाई प्रत्याभूत गर्दै सबै वर्ग, क्षेत्र र समुदायको विविधता र विशेषताका समग्र आयामहरुको सुरक्षा प्रदान गर्दै जनतालाई नै शासन सत्ताको केन्द्रमा राखेको छ ।’