१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तातोपानी नाकाबाट लक्ष्य भन्दा कम राजश्व संकलन


0
Shares

काठमाडौं । चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट चालू आर्थिक वर्षको सुरुको दुई महिनामा लक्ष्यभन्दा कम राजस्व संकलन भएको छ ।

नाका अनियमित भएपछि राजस्व संकलन लक्ष्यभन्दा कम भएको हो । अत्यधिक वर्षासँगै पहिरोले सीमावर्ती क्षेत्र लिपिङ बजार जोड्ने लिपिङ मोटरेबल पुल र कोदारी राजमार्गको लार्चा–कोदारी बजार क्षेत्रको सडक भासिँदा असारबाट नाका ठप्पजस्तै बनेको छ ।

तातोपानी भन्सारबाट असार महिनादेखि दैनिक दुईवटा कन्टेनर मात्रै भित्रिने गरेको तातोपानी भन्सार कार्यालयले जनाएको छ । दसैँ, तिहार नजिकिँदै जाँदा पनि नाका पूर्ण रूपमा सञ्चालन नहुँदा यस बर्ष नै लक्ष्य भन्दा कम राजस्व संकलन हुने देखिएको छ ।