
काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व मेयर पीएल सिंहले सरकारले संविधान दिवसको अवसरमा प्रदान गरेको पदक अस्वीकार गर्नुभएको छ । सिंहलाई सुप्रसिद्ध प्रबल जनसेवाश्री पदकबाट विभूषित गर्ने निर्णय गरेकोमा उहाँले पदक ग्रहण गर्न अस्वीकार गर्नुभएको हो ।
२०४७ सालको संविधानलाई षडयन्त्रपूर्वक हत्या गरी ल्याइएको नयाँ संविधान आफूले स्वीकार नगरेको भन्दै सिंहले संविधान दिवसको दिन दिइएको पदक ग्रहण गर्न आफूलाई नैतिकताले नदिने बताउनु भएको हो ।
यस्तै चर्चित कार्टुनिस्ट रविन सायमीले पनि पदक ग्रहण गर्न नसक्ने बताउनुभएको छ । सामाजिक सञ्जाल मार्फत सायमीले सरकारले आफूलाई दिने भनेको जनसेवाश्री पदक ग्रहण नगर्ने उल्लेख गर्नुभएको छ । यस्तै पत्रकार हरिबहादुर थापाले पनि आफूलाई दिने भनिएको सुप्रबल जनसेवाश्री पदक अस्वीकार गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्