१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जुवा खेलिरहेको अवस्थामा २० जना जुवाडे पक्राउ


0
Shares

काठमाडौं । महानगरीय प्रहरी बृत बौद्धले २० जना जुवाडे पक्राउ गरेको छ । गए राती १२ बजे जुवा खेलिरहेको अवस्थामा २० जनालाइ नियन्त्रणमा लिएको हो ।

काठमाडौको गोकर्णेश्वर नगरपालिका ५ चामुण्डा गेटस्थित तिब्ब्तियन क्याम्प भित्र रहेको तेन्जिङ्ग छोप्याक भन्ने धावा ढुण्डुपको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको बौद्ध बृतका प्रमुख ढुण्डिराज न्यौपानेले जानकारी दिनु भयो ।

प्रहरीले जुवाडेहरुबाट नगद ४ लाख ७४ हजार, २० थान तास, ४ सय ६४ थान क्यासिनोमा प्रयोग हुने क्वाइन, कौडा १ सय थानका साथै विभिन्न ब्यक्तिको नाममा काटिएको रकम उल्लेखित बैंक को चेक २६ थान बरामद गरेको जनाएको छ ।

पक्राउ पर्नेहरुमाथि जुवा एन अन्तर्गत कारवाही हुने बृत्तले जनाएको छ ।