१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


संविधानको रक्षा र कार्यान्वयन एमालेले गर्छः अध्यक्ष ओली


0
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाजलाई स्थायित्व र समृद्धिको दिशामा अहिलेको संविधानले अघि बढाउने बताउनुभयो ।

संविधान दिनसको अवसरमा एमाले मुख्यालय च्यासलमा भएको कार्यक्रममा बोल्दै ओलीले संविधानको रक्षा कार्यान्वयन र विकासमा नेकपा एमालेको सधै ध्यान जाने बताउनुभयो ।

ओलीले भन्नुभयो, ‘संविधान आन्दोलनको सफलताको दस्तावेज हो, संविधान निर्माणमा सबैले गरेका प्रयासको सफलताको द्योतक हो ।’