
तस्वीरः फाइल
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न खालका शक्तिको दबाब र खेललाई पराजित गर्दै नेकपा एमालेले संविधान जारी गर्न सफल भएको बताउनुभएको छ ।
संविधान दिनवसको अवसरमा एमालेको मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै ओलीले विभिन्न शक्तिले संविधान ल्याउनै नदिने खेल खेलेको भन्दै सबैलाई चिर्दै एमालेले संविधान जारी गर्न सफल भएको बताउनुभएको हो ।
अध्यक्ष ओलीले संविधान धेरै ठूलो उपलब्धिको रुपमा आएकोले एमालेले संविधानलाई निक्कै सम्मान गरेको बताउनुभयो । संविधान जारी भएको दिन संविधानको सर्वोच्चता कायम भएको ओलीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्