
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । गत भदौ २९ गते एमालेको अवरोधका कारण बजेट विधेयक समेत पारित नगरी हठात स्थगित गरिएको वैठक आज दिउँसोका लागि डाकिएको छ ।
पार्टीले कारबाही गरेका १४ जना सांसदलाई कारबाहीको माग राखेर निरन्तर सदन अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी एमालेसँग सहमति खोज्ने प्रयास यो बीचमा हुन सकेन ।
सभामुख अग्नि सापकोटाले सर्वदलीय बैठक आयोजना गरेकोमा एमाले सहभागी नै भएन । त्यसपछि अवरोध खुलाउने प्रयास भएको छैन । आजको वैठकमा विनियोजन विधेयकमाथि छलफल गरी विनियोजन विधेयक पारित गर्ने कार्यसूचि रहेको छ ।
प्रतिक्रिया दिनुहोस्