२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


महाकाली नदीमा एक युवक बेपत्ता


0
Shares

बैतडी । बैतडीस्थित महाकाली नदीमा बगेर एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दार्चुलाको लेकम गाउँपालिका– ३ का २७ वर्षीय टीकाराम टमाटा रहेका छन् ।

उनी झुलाघाटबाट १ किमि उत्तरको बाटोबाट महाकाली नदीमा खसेर बेपत्ता भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । टीकाराम झुलाघाटबाट सामान किनेर घर फर्किरहेका थिए । बेपत्ता भएका टमाटाको खोजी भई रहेको प्रहरीले जनाएको छ ।