१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


काभ्रेका चार स्थानीय तह कोरोना संक्रमणमुक्त


0
Shares

काभ्रे । काभ्रेका चार स्थानीय तह कोरोना संक्रमणमुक्त भएका छन् । एक नगर र तीन गाउँपालिका कोरोना संक्रमणमुक्त भएका हुन् । पछिल्लो दुई दिनमा जिल्लामा नयाँ संक्रमित देखिएको छैन ।

कोरोनामुक्त हुनेमा मण्डनदेउपुर नगरपालिक, रोशी, तेमाल र खानीखोला गाउँपालिका छन् । चौँरीदेउराली र महाभारत गाउँपालिकामा एक–एक जना संक्रमित रहेको जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण रोकथाम र उपचारसम्बन्धी केन्द्रले जनाएको छ । काभ्रेमा ६ वटा नगरपालिका र सात वटा गाउँपालिका छन् ।