
एजेन्सी । तपाइलाई अचम्म लाग्ला एउटा लड्डुको मूल्य कति पर्ला ? एकसय, दुई सय, पाँच सय ?तर, भारतको हैदरावादमा एउटा लड्डुको मूल्य १८ लाख ९० हजार रहेको छ ।
हैदरावादको सबैभन्दा लोकप्रिय लड्डु १८ लाख ९० हजारमा लिलामी गरिएको छ । बालापुर गणेशमा रहेको उक्त लड्डु आन्ध्र प्रदेशका विधान परिषदका सदस्य रमेश यादवले लेतगंनाका एक व्यापारी मैरी शशन रेड्डीका साथ किनेका हुन् ।
उक्त लड्डु लिलामीका लागि १ हजार एक सय १६ रुपैयाँमा बोली सुरु भएको थियो । केही समयमा भक्तजनको जयजकारपछि उक्त लड्डु अहिलेसम्मकै सबैभन्दा धेरै मूल्यमा लिलाम गरिएको हो । यादव ले उक्त लड्डु आन्ध्र प्रदेशका मुख्यमन्त्री वाई एस जगन मोह रेड्डीको उपहार दिएका छन् ।
राम रेड्डी एक व्यवसायी तथा किसान हुन् । उनले २०१९ मा १७ लाअ ६० हजारमा लड्डु खरिद गरेका थिए । उनले पनि यस साल पनि लिलामीका लागि भाग लिएका थिए ।
यस लिलामीको देख्नका लागि शिषा मन्त्री पी साबन्त इन्द्रा रेड्डी, पूर्व विधायक टी कृष्णा रेड्डी तथा कयै राजनेता आएका थिए ।
हरेक वर्ष लिलामीको आयोजना गर्ने बालापुर गणेश उत्सव समितिका अनुसार १९९४ मा पहिलो पटक ४५० रुपैयाँका लड्डु बिकेको थियो । त्यही बेला बाट नै यसको लाकप्रिगता र मूलय बढिरहेको छ । खरिद गरिएको उक्त लड्डु आफन्तजन परिवार र साथीभाईलाई बाँड्ने चलन छ ।
प्रतिक्रिया दिनुहोस्