
काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ ।
यसअघि आइतबार बसेको बैठकमा स्थायी कमिटी सदस्यहरूलाई आउँदो विधान महाधिवेशनसँग सम्बन्धित दस्तावेज बाडिएको थियो । बैठकमा पार्टीको सांगठनिक, राजनीतिकलगायत दस्तावेज बाँडिएको थियाे ।
केही स्थायी कमिटी सदस्यहरूले दस्तावेज र विधान महाधिवेशनका सन्दर्भमा आइतबार बसेको बैठकमा आफ्ना सुझाव दिएका थिए । बाँकी सदस्यहरूले आजको बैठकमा सुझाव दिएपछि त्यसलाई पारित गरिने बताइएको छ ।
यही असोज १५ देखि १७ गतेसम्म एमालेको विधान महाधिवेशन हुँदै छ ।
प्रतिक्रिया दिनुहोस्