१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कैलालीको राजमार्गमा सीसीटीभी जडान


0
Shares

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गमा जडान गरेका सीसीटीभी क्यामेरा सञ्चालनमा आएको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकीसम्म र अत्तरियादेखि त्रिनगर सीमानाकासम्म जडान गरेको सिसीटिभी क्यामेरा सञ्चालनमा ल्याइएको हो ।

मन्त्रालयले अत्तरियादेखि त्रिनगर भन्सार नाकासम्म समेत सीसीटीभी क्यामेरा जडान गरेको जनाएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले राजमार्ग क्षेत्रमा हुने अपराधिक गतिविधि न्यूनीकरणमा सिसीटीभिले सहयोग गर्ने बताउनुभयो ।

राजमार्ग क्षेत्रमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्न र दुर्घटनाका दोषीलाई पक्राउ गर्न समेत सहयोग पुग्ने उहाँको भनाई थियो । राजमार्ग क्षेत्रमा मानिसको धेरै भीडभाड हुने स्थान, सरकारी कार्यालय र सार्वजनिक सम्पत्ती भएको क्षेत्र, दुई वा दुईभन्दा बढि बाटो जोडिने क्षेत्रमा सीसीटीभी क्यामेरा राखिएका छन् ।