२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


संखुवासभा हत्याकाण्डमा थप तीन जना पक्राउ


0
Shares

काठमाडौं । संखुवासभा सामूहिक हत्याकाण्डमा संलग्नता भएको आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा यसअघि पक्राउ परेका लोकबहादुर कार्कीका भाई नरेश कार्की र उनका तीन छिमेकी रहेका छन् ।

हत्याकाण्डमा केहीको संलग्नता र केही मतियारको रुपमा देखिएको प्रहरीले जनाएको छ । २१ भदौमा संखुवासभाको मादी नगरपालिका–१ मादीको उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्या भएको थियो ।

५२ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो । घटनामा संलग्न रहेको आरोपमा स्थानीय लोकबहादुर कार्की र उनका भाइ नरेशलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको थियो ।