१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संसदको अवरोध हटाउन प्रतिपक्षी दलसँग संवाद भइरहेको छ– मन्त्री कार्की


0
Shares

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदमा भएको अवरोधलाई सुचारु गर्न प्रमुख प्रतिपक्षी दलका नेतासँग संवाद गरिरहेको बताउनुभएको छ ।

सोमबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारलाई प्रभावकारी रूपले चलाउने कर्तव्य सरकार र प्रतिपक्षी दुवैको भएको भन्दै उहाँले एमालेबाट संसद खुलाउने भूमिकाको अपेक्षा गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘संसद सुचालु गर्न मैले प्रमुख प्रतिपक्षी दलका नेतासँग संवाद गरिराखेको छु । आज संसद सुचारु रुपले चल्ला भन्ने आशा लिएको थिएँ र म अहिलेपनि आशावादी छु । संसद सुचारु रुपले चल्नुपर्दछ ।’

मन्त्री कार्कीले एमालेको सरकार हुँदा ल्याएका विधेयकहरू एमालेले नै रोक्दा आफूलाई अनौठो लागेको बताउनुभयो ।

‘एमालेजस्तो अनुभवी प्रतिपक्षीबाट संसदलाई सुचारु रुपले चलाउने भूमिकाको अपेक्षा गरेका छौं,’ विगतकै सरकारले ल्याएका धेरै महत्वपूर्ण विधेयकलाई रोक्ने काम हुँदा आफैँमा अनौठो लागिरहेको छ ।’