
काठमाडौं । १३ वर्षदेखि विज्ञापन व्यवसायी रूपमा कार्यरत इम्प्रेसन ए क्रिएटिभका सञ्चालक राजु ढुंगेल नेसनल प्रोफेसनल एचिभ्मेन्ट अवार्डद्वारा सम्मानित हुनुभएको छ ।
सिजन मिडियाले संविधान दिवस २०७८ को अवसर पारेर नेपालका विविध क्षेत्रमा विशेष योगदान गर्ने व्यक्तित्वहरूलाई सो अवार्ड प्रदान गरेको छ । लामो समयदेखि विज्ञापन व्यवसाय मार्फत विज्ञापन बजारमा पुर्याएको योगदानको कदरस्वरुप उहाँलाई अवार्ड प्रदान गरिएको हो ।
लाजिम्पाटस्थित होटल र्याडिसनमा आयोजित कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष्य गणेशप्रशाद तिमिल्सिनाले डिजिटल एड्भरटाइजिङ एक्स्पर्ट अवार्डद्वारा ढुंगेललाई सम्मान गर्नुभएको हो ।
नेपालका ठूला कर्पोरेट कम्पनीसँग काम गरिसक्नुभएका ढुंगेलले विज्ञापन क्षेत्रको श्रीवृद्धिका लागि जस्तो सुकै चुनौतिसँग लड्न तयार रहोको बताउनुभयो ।
सिजन मिडियाले ढुंगेलसहित देशभरबाट ३० जनालाई नेसनल प्रोफेसनल एचिभमेन्ट अवार्ड प्रदान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्