
एजेन्सी । पोर्नोग्राफीसम्बन्धी मुद्दामा भारतीय व्यवसायी राज कुन्द्रा धरौटीमा रिहा भएका छन् । मुम्बईको एक अदालतले ५० हजार रुपैयाँ धरौटीमा कुन्द्रालाई रिहा गरेको बीबीसीले जनाएको छ ।
मुम्बई प्रहरीको क्राइम ब्रान्चमा २०२१ को फेब्रुअरीमा दर्ता भएको घटनामा अनुसन्धान गरेर कुन्द्रालाई पक्राउ गरेको थियो । प्रहरीले कुन्द्रलाई पक्राउ गर्ने पर्याप्त सबुत भएको दाबी गरेको थियो ।
प्रहरीले कुन्द्राको मडस्थित ग्रीन पार्क बंगलामा छापा मार्दा अश्लिल फिल्मको सुटिङ भइरहेको थियो । उनीसँगै पक्राउ परेका एक महिलासहित पाँच जना पनि सोमबार नै रिहा भएका छन् ।
कुन्द्रा बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति हुन् ।
प्रतिक्रिया दिनुहोस्