
काठमाडौं । कलाकार गणेश हमाल र गरिमा शर्माको अभिनयमा ‘तिम्रै काखमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत् सार्वजनिक भएको गीत दर्शकहरूले रुचाएका छन् । पछिल्लो समयका चर्चित मोडल गरिमा र गणेशले म्युजिक भिडियोमा उत्कृष्ट अभिनय गरेका छन् । गीतमा प्रेम र प्रेमबाट प्राप्त हुने ऊर्जालाई सुमधुर शैलीमा प्रस्तुत गरिएको छ ।
रिता भण्डारीको शब्द तथा मनोज चौलागाईको संगीतमा रहेको गीतमा कुशल राज खड्काले स्वर दिएका छन् । गीतको म्युजिक भिडियोलाई सियोन श्रेष्ठले निर्देशन गरेका हुन् भने चक्र बरालको छायांकन तथा अनिल रानाको सम्पादन छ ।
प्रतिक्रिया दिनुहोस्