२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


नेपालले आज हङकङसँग खेल्दै


0
Shares

काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटको दोस्रो खेलमा नेपालले आज हङकङसँग खेल्दैछ । उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे खेल सुरु हुनेछ ।

पहिलो खेलम फिलपिन्ससँग २–१ ले पराजित भएको नेपाल आज भने हङकङविरुद्ध जित निकाल्ने योजनासहित मैदानमा उत्रनेछ । एसियन कपमा छनोट हुने सम्भावना कायम राख्न नेपालले आज हङकङलाई जित्नै पर्ने दबाब छ ।

फिलिपिन्सविरुद्धको हारसँगै नेपाल दबाबमा आएको हो । आजको खेल जितेपनि नेपालले अर्को चरणमा प्रवेश गर्न फिलिपिन्स र हङकङबीचको खेलको परिणाम कुर्नुपर्ने हुन्छ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । नेपालले यस अघि हङकङविरुद्ध खेलेका दुबै खेलमा हार भोगेको छ ।