२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


समाजवादीको केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै, संगठन विस्तार र नेताहरुको कार्यविभाजनबारे छलफल हुने


0
Shares

काठमाडौं । नवगठित नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।

एक महिना अघि नेकपा एमालेबाट नेता माधवकुमार नेपालको नेतृत्वमा अलग भएको समूहले स्थापना गरेको उक्त पार्टीको केन्द्रीय कमिटीको पहिलो वैठक बस्न लागेको हो ।

भोलिसम्म चल्ने बैठकमा समसामयिक राजनीतिक विषयवस्तु र देशभर सङ्गठन विस्तारबारे छलफल हुने भएको छ । बैठकमा पार्टीका विभिन्न विभाग, जनवर्गीय सङ्गठन, आयोग गठन, विस्तार तथा सुदृढीकरणको विषयमा छलफल हुने बताइएको छ ।

बैठकले केही नेताको विभाग हेरफेर गर्ने र केही नेतालाई नयाँ जिम्मेवारी तोक्ने जनाइएको छ । बैठकमा ११३ जना केन्द्रीय सदस्य सहभागी हुने छन् ।