१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


ड्युटीमा खटिएका सशस्त्र प्रहरीलाई भारतीय तस्कर समूहद्वारा कुटपिट


0
Shares

कञ्चनपुर । कञ्चनपुरमा ड्युटीमा खटिएका सशस्त्र प्रहरीलाई भारतीय तस्करको समूहले कुटपिट गरेका छन् ।

गएराती दोधारा चाँदनी नगरपालिका ८ सुन्दरगरस्थित बिओपिमा ड्युटीमा रहेका सशस्त्र प्रहरी जवान सुदिप सुनारले चेकजाँच गर्न खोज्दा तस्करले कुटपिट गरेका हुन् ।

करीब दश जनाको समूहले भारतबाट मोटरसाइकलमा चिनी लगायतका सामग्री तस्करी गरी नेपाल ल्याईरहेको बेला चेक गर्दा उनीहरुले कुटपिट गरेका हुन । यसअघि, कैलालीमै तस्करको समूहले गस्तीमा रहेका प्रहरी सहायक निरीक्षक र प्रहरी जवानको हत्या गरेका थिए ।