१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विश्व शान्तिको आह्वान गर्दै अमेरिकाको न्यूयोर्कमा डा. केसीले गरे शान्तिपूर्ण प्रदर्शन, नेपाली समुदायले दिए साथ


52
Shares

अमेरिका, न्यूयोर्क । चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता प्रा.डा.गोविन्द केसीले अमेरिकामा शान्तिपूर्ण प्रदर्शन गर्नु भएको छ ।

विश्व शान्ति दिवसको अवसर पारेर डा.केसीले अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसँघको कार्यालय अगाडि प्रदर्शन गर्नु भएको हो ।

सेप्टेम्बर २० र २१ सम्म हुने दुई दिने प्रदर्शन अमेरिकी समयअनुसार दिउँसो एक बजेदेखि चार बजेसम्म आयोजना गरिएको हो । डा. केसीले आयोजना गर्नुभएको यस धर्नामा अमेरिकाको न्यूयोर्क, वासिङ्टन, भर्जिनिया, बोस्टनलगायउत क्षेत्रमा रहनुहुने नेपाली समुदायका प्रतिनिधिहरुले साथ दिएका थिए ।

डा. केसी अमेरिकाको संयुक्त राष्ट्र संघको कार्यालय अगाडि शान्तिपूर्ण प्रदर्शन गर्न अमेरिका जानु भएको हो ।

यस प्रदर्शनको उद्देश्य विश्वमा हिंसा र युद्धको अन्त्य, शान्ति, सद्भाव र समानता, जलवायु विनाशको रोकथाम, सबैका लागि कोभिडविरुद्धको खोप सहज तथा सुलभ शिक्षा र स्वास्थ्यको उपलब्धता हुनुपर्ने रहेको छ ।-अद्यावधिक गरिएको ।

कृष्ण सादगीको फेसबुकबाट