तस्वीर– एन्फा
काठमाडौं । नेपाल एएफसी महिला एसिया कप–२०२२ छनोटको समूह चरणबाटै बाहिरिएको छ ।
समूहको दोस्रो खेलमा हङकङसँग बराबरी खेलेसँगै नेपाल समूह चरणबाटै बाहिरिएको हो । छनोटको सम्भावना कायमै राख्न जित्नैपर्ने दबाब रहेको खेल गोलरहित बराबरीमा सकिएको हो ।
उज्वेकिस्तानको जेएआर स्टेडियममा भएको खेलमा नेपाली चेलीहरूले बलमा पकड जमाए पनि गोल गर्न नसक्दा गोलरहित बराबरीमा चित्त बुझाउनु परेको हो । तुलनात्मक रुपमा भने नेपालले हङकङ विरुद्ध सशक्त खेल्यो ।
यसअघिका दुवै भिडन्तमा नेपाल पराजित भएको थियो । यता छनोटको पहिलो खेलमा नेपाल अग्रतालाई जोगाउन नसक्दा फिलिपिन्ससँग २–१ ले पराजित भएको थियो ।
तीन टोली सहभागी समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसिया कप खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्